Tuesday, September 28, 2021
spot_img

मुख्यमन्त्री आचार्यले गरे पदभार ग्रहण

काठमाडौं, १० भदौ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथग्रहणपछि आचार्यले पदभार ग्रहण गरेका हुन् । बिहीबार प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएपछि आचार्यलाई प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्रीको शपथ ग्रहण गराएका थिए ।

मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएपछि राईले राजीनामा बुझाएका छन । राईले राजीनामा बुझाएलगत्तै भीम आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन् ।

मुख्यमन्त्री आचार्यले प्रदेश सुशासन र सेवा प्रवाहका सम्बन्धी निर्णयमा पहिलो हस्ताक्षर गरेको प्रदेश १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिएका छन ।

पदभार ग्रहण गरेका मुख्यमन्त्री आचार्य आजै आफ्नो गाउँ इनरूवा जाने बताइएको छ । आचार्यको मुख्यमन्त्री नियुक्तिको तयारी हुँदै गर्दा उनका भाइ राम्रप्रसाद घरमा मृत भेटिएका थिए । भाइको अन्तिम संस्कारका लागि उनी घर जान लागेका हुन् ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार