Tuesday, September 28, 2021
spot_img

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक चन्द्रागिरि रिसोर्टमा

काठमाडौं, ८ भदौ । पार्टी दर्ता प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक चन्द्रागिरिमा बसेको छ। सोमबारदेखि सुरू भएको बैठक बुधबारसम्म चल्नेछ।

बैठकमा पार्टी विधान र घोषणापत्रलगायत विषयमा छलफल भइरहेका छन्। अध्यक्ष माधवकुमार नेपालसहित उनी पक्षका सांसद र केन्द्रीय सदस्यहरू बैठकमा सहभागी छन्।

निर्वाचन आयोगले सनाखतलाई बुधबार बोलाएको छ। अध्यक्ष नेपालसहित उनी पक्षका नेताहरू बुधबार केन्द्रीय कमिटी बैठक सकेर त्यहीँबाट निर्वाचन आयोग जानेछन्।

अध्यक्ष नेपालसहित नेताहरू सोमबार बेलुकी चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका थिए। सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएसँगै एमाले वरिष्ठ नेता नेपालले नयाँ पार्टी गठन थालेका थिए।

नेता नेपाललाई नयाँ पार्टी गठनमा साथ नदिएका १० स्थायी कमिटी सदस्यहरू भने आज एमालेले डाकेको स्थायी कमिटी बैठकमा जाने र १० बुँदे सहमति कार्यान्वयनबारे छलफल गर्ने तयारीमा छन्।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार