Thursday, October 28, 2021
spot_img

फेरि बढ्यो पेट्रोल र ग्यासको मूल्य

काठमाडौं, ८ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको निगमले जनाएको छ ।

डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् । उनका अनुसार मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १ सय ३० रुपैयाँ, डिजेल तथा मटितेल १ सय १३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको छ । एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४ सय ५० कायम गरिएको निगमले जनाएको छ ।

पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको निगमले जनाएको छ। खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। अब ग्यासको मूल्य प्रतिसिलिण्डर १४५० रुपैयाँ पर्नेछ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार