Monday, September 20, 2021
spot_img

बाबु, आमा र ८ महिने छोरी झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं, ७ भदौ । झापाको कन्काइ नगरपालिका-१ मा आठ महिने छोरीसहित एक दम्पत्ती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मृत्यु हुनेमा ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना छन् । उनीहरु आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको झापाका एसपी सानुराम भट्टराईले जानकारी दिएका छन ।

मृतकका आफन्तका अनुसार उनीहरु कोरोना संक्रमित थिए । ‘उनीहरु कोभिड पोजेटिभ थिए भनेर अरुले भनेका छन् तर कोकोलाई संक्रमण भएको हो भन्ने खुलेको छैन,’ एसपी भट्टराईले भने ।

घटनास्थलमा प्रहरीको टोली पुगेको र सेनाको टोलीलाई पनि बोलाइएको प्रहरीले जनाएको छ । मुचुल्का उठाएर ढोका फोडेर भित्र पस्ने र घटना प्रकृति हेरेर थप अनुसन्धान गर्ने एसपी भट्टराईले बताएका छन ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार