Tuesday, September 28, 2021
spot_img

आदिवासी चलचित्र महोत्सव शुरु

अमेरिका । तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सव २०२१ शनिबारबाट न्युयोर्कमा शुरु भएको छ । २७औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले आयोजना गरेको महोत्सवमा विभिन्न आदिवासी जनजाति समुदायका सातवटा चलचित्रहरु प्रदर्शन गरिने भएको छ ।

महोत्सबको आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष लोक चेम्जोङले एक समारोहकावीच उद्घाटन गरेका छन । महोत्सवले आदिवासी जनजातिको भाषा, भेषभुषा, संस्कृतिको संरक्षण र संवद्र्धनमा सहयोग पुग्ने बताएका छन ।

न्यूयोर्कको ज्याक्सनहाइटमा शुरु भएको दुईदिने महोत्सबमा पहिलो दिन लिम्बु जातिको के, मगर जातिको ट्याङचालक, ह्योल्मो जातिको मेटोक, राई जातिको सायाबुङ र तामाङ जातिको प्रङ्ना प्रदर्शन हुने महोत्सबका संयोजक एवं फिप्ना अमेरिकाका महासचिव नरेन्द्र थापाले जानकारी दिएका छन।

यसैगरी महोत्वसको दोस्रो दिन नेवार जातिको जा मनःगुभाजु र गुरुङ जातिको मि होर्वै ट प्रदर्शन हुने बताइएको छ । महोत्सबको अवार्ड वितरण भने साँझ हुने छ । सो क्रममा विभिन्न दशवटा विधामा निफ अवार्ड प्रदान गरिने महोत्सव संयोजक थापाले जानकारी दिएका छन ।

अवार्डका विधाहरुमा वेष्ट फिल्म, वेष्ट एक्टर, वेष्ट एक्टे«स, वेष्ट स्टोरी, वेष्ट पब्लिक च्वाइस, वेष्ट कस्टम, वेष्ट डाइरेक्टर, वेष्ट सिनेम्याटोग्राफ, वेष्ट स्क्रिन र वेष्ट म्युजिक रहेका छन् । चलचित्र महोत्सवको लागि विभिन्न १५ वटा आदिवासी चलचित्रहरु सहभागी भएकोमा प्रदर्शनको लागि सात वटा छनौट भएको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार