Tuesday, September 28, 2021
spot_img

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं, ६ भदौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए अनुसार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय भएको हो । बैठक शनिबार पनि बसेको थियो ।

बैठकमा नेकपा एमालेसँग मिलेर बनेको नेकपा विभाजन भएसँगै तल्लो तहसम्मको सांगठानिक संरचना, नेताहरुको कार्यविभाजन, पार्टीको राष्ट्रिय सम्मेलनलगायतका विषयमा छलफल सुरु भएको थियो ।

आजको बैठकमा नेताहरुको कार्यविभाजन तथा पुस ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनको तयारीको विषयमा टुंगो लगाइने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन ।

त्यस्तै माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीको नामको विषयमा पनि छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार