Wednesday, December 1, 2021
spot_img

८ लाख डोज ‘एस्ट्राजेनेका’ खोप नेपाल आउँदै

काठमाडौं, ५ भदौ । जापानले पठाएको आठ लाख डोज खोप नेपाल आउने भएको छ । जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराउनेमध्ये बाँकी रहेको आठ लाख डोज खोप यही ७ गतेसम्म नेपाल आउने भएको हो ।

यसअघि नै आठ लाख डोज आइसकेकोमा बाँकी रहेको आठ लाख डोज शनिबार (आज) र सोमबारसम्म काठमाडौं आउन लागेको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख १४ हजार ७४० डोज एस्ट्राजेनेका खोप सहयोग गरेको हो । त्यसमध्ये आधा खोप २३ र २४ गते काठमाडौं आएको थियो ।

प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा १ करोड १६ लाख मात्रा खोप प्राप्त भइसकेको मन्त्रालयको भनाइ छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार