Thursday, October 28, 2021
spot_img

हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन

काठमाडौं, ५ भदौ । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ। कोरोना संक्रमण भएर लामो समयदेखि उपचाररत थापाको शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा निधन भएको जीवन थापाले जानकारी दिएका छन।

अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो। ६४ वर्षे थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए। केही ठूला पर्दाका​चलचित्र र विज्ञापनमा पनि उनी देखिँदै आएका थिए।

थापाका श्रीमती, एक छोरो र एक छोरी छन्।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार