Tuesday, September 28, 2021
spot_img

आफूलाई गरिएको कारबाही कार्यान्वयन नगर्न एमालेका १४ सांसदले पठाए हुलाकबाट निवेदन

काठमाडौं, ४ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नयाँ दल दर्ताका लागि प्रक्रिया अगाडि बढाएका माधवकुमार नेपाल पक्षले संघीय संसद सचिवालयमा भिन्नाभिन्नै तरिकाले ध्यानाकर्षण गराएका छन्।

अध्यक्ष ओली पक्षका सांसदहरूले आज दोस्रो दिन पनि सभामुख कक्ष बाहिर एमालेले कारबाही गरेका १४ जनालाई निस्कासन गरेको सूचना टाँस गर्न माग गरेका हुन्।

एमाले सांसद खगराज अधिकारी, महेश बस्नेतलगायतले कारबाही गरेका सांसदहरू निस्कासन गरेको सूचना छिटो टाँस गर्न माग गर्दै आएका छन्।

गत भदौ १ मा पार्टी विभाजन गर्न खोजेको भन्दै अध्यक्ष ओलीले नेता नेपालसहित १४ सांसदलाई कारबाही गरेका थिए। कारबाही गरेको पत्र संसद सचिवालयमा पुगे पनि सभामुख अग्निप्रसाद सापकोटाले अगाडि नबढाएको एमालेको भनाइ छ।

तर नेता नेपाल पक्षले आफूहरूलाई कारबाही नगर्न माग गरेका छन्। कारबाही नगर्न माग गरेको पत्र संसद सचिवालयले दर्ता गर्न नमानेपछि हुलाकमार्फत् पठाइएको सांसद रामकुमारी झाँक्रीले बताइन्।

‘हामीले अस्ति नै दिएको निवदेन संसद सचिवालयले दर्ता गर्न मानेन। त्यही भएर आज हुलाकबाट निवेदन दिएका छौं,’ झाँक्रीले भनिन्। नेता नेपालले नेकपा एमाले (समाजवादी) दर्ता गर्न गत बुधबार आयोगमा निवेदन दिएका थिए। तर उक्त नाम एमालेसँग मिल्ने भएकोले अर्को नाम राख्नेबारे छलफल भइरहेको स्रोतको भनाइ छ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार