Tuesday, November 30, 2021
spot_img

माधव नेपालको ‘एमाले–समाजवादी’ र महन्थ ठाकुरको जसपा लोकतान्त्रिक दर्ता भएन

काठमाडौं, ४ भदौ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले समाजवादी दर्ता नहुने भएको छ । एमालेबाट विभाजित एमाले समाजवादी दर्ता हुन नसक्ने निर्वाचन आयोगले जवाफ पठाएको हो । आयोगले नेता राजेन्द्रप्रसाद पाण्डेमार्फत नयाँ नाम प्रस्ताव गर्नसमेत भनेको छ ।

आयोगले जनता समाजवादी पार्टीबाट विभाजित जसपा लोकतान्त्रिकलाई पनि नयाँ नाम ल्याउन भनेको उच्च स्रोतले बताएको छ । ठाकुरले नयाँ नाम लैजानेबारे छलफल सुरु गरिसकेका छन् ।

एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुरलाई अर्को नाम लिएर आउन मौखिक आग्रह गरिसकेको छ ।

यसअघि दर्ता कायम रहेका दलको नाम र चुनाव चिह्नसँग मेल खाने अर्को दल दर्ता गर्न मिल्दैन ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार