Monday, September 20, 2021
spot_img

पारालिम्पिक खेल्न नेपाली टिम आज जापान जाँदै

काठमाडौं । जापानमा आयोजना हुने टोकियो पारालिम्पिकमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गर्दैछ । पारालिम्पिकमा सहभागिता जनाउन १ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली जापान जाने छन् । नेपाली टोली आज साँझ जापान प्रस्थान गर्ने तालिका रहेको छ ।

मंगलबारबाट सुरु हुने पारालिम्पिकमा नेपालबाट पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले प्रतिस्पर्धा गर्दैछिन् । पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् ।

पारालिम्पिकमा कविराज नेगी लामा प्रशिक्षक, सरोज श्रेष्ठ सेफ दि मिसन, डा। दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी हुँदै छन् ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार