Thursday, October 28, 2021
spot_img

‘टुक्रिनु र विभाजित हुनु फरक कुरा हो, एमालेबाट अलिकति चोइटो उछिट्टिएको हो’: ओली

काठमाडौं, ३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजित नभइ चोइटो उछिट्टिएको टिप्पणी गरेका छन् ।

एमाले विभाजित भएको भोलिपल्ट प्रतिक्रिया दिँदै ओलीले भने, ‘टुक्रिनु र विभाजित हुनु फरक कुरा हो। एमालेबाट अलिकति चोइटो उछिट्टिएको हो।’

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा ओलीले वरिष्ठ नेता माधव नेपालले नेकपा एमाले (समाजवादी) दर्ता गर्नु उनकै विवेकको कुरा नभएको बताएका छन । यस्तै ओलीले बाह्य शक्तिले एमाले फुटाएको उल्लेख गरेका छन।

उनले भने, ‘एउटा चुम्बकका दुई पोल एक ठाउँ आउँदैनन्। यहाँ त्यस्तो पोलहरु एकै ठाउँ ल्याइएको छ। बढी बलवान शक्ति भए त्यहाँ ल्याउँछ। बलका अघि कुनै बन्धनको केही लाग्दैन। नेपाललाई छुटाउने गरीको तागत लागेपछि उनको केही नलागेर फुटाएका हुन्।’

ओलीले भने, ‘एकाध ठाउँ भत्काउने, इँटा खुस्काउने गर्न सक्लान् । तर त्यो टाल्न सकिन्छ, अपूरणीय क्षति होइन, भवन नै ध्वस्त हुने क्षति होइन ।’

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार