Wednesday, December 1, 2021
spot_img

क्षणिक लाभभन्दा माथि उठौँ, चुनाव चिन्हमा नअल्झिऔँ : भट्टराई

काठमाडौं, ३ भदौ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले चुनाव चिन्हमा नअल्झिएर आँट गर्नुपर्ने बताएका छन् । बिहीबार समाजवादी केन्द्रद्वारा आयोजित ‘एक्काइसौँ शताब्दीको मार्क्सवाद र समाजवाद’नामक कार्यक्रममा बोल्दै उनले क्षणिक लाभभन्दा माथि उठेर सोच्नुपर्ने बताएका छन ।

“हिजो हामी कसैले माओवादी भन्यौँ, कसैले एमाले भन्यौँ । कसैले अर्को केही भन्यौँ । त्यसलाई छोड्न पनि हामीलाई गाह्रो छ । काम पनि त्यसले गरिरहेको देखिँदैन । भित्र मन र ब्रम्हले भनिरहेको छ । बाहिर चुनाव चिन्ह सूर्य, हँसिया हथौडा हामीलाई छाड्न गाह्रो । भोट त जनताले त्यसैमा हाल्छ । यो छोडौँ भने भोट आउँदैन कि भन्ने डर छ, हामीलाई । त्यसैले यसमा अल्झिरहेका छौँ । अब आँट गर्नुपर्छ भन्ने ठान्छु । यो ऐतिहासिक मोडमा तत्कालीन क्षणिक पार्टीगत चुनावी स्वार्थभन्दा माथि उठेर विश्व मानव जाति र जनताको हितलाई केन्द्रमा राखेर नयाँ विचारको संश्लेषण गरौँ,” उनले भने ।

उनले माधवकुमार नेपालले एमालेभित्र विद्रोह गरेर नेकपा एमाले समाजवादी बनाउन खोजेको भन्दै यसले समाजवादको नयाँ मोडल खोज्नतिर देश गइरहेको छ भन्ने देखिएको बताएका छन । “एमालेभित्र विद्रोह गरेर माधव नेपालजीले एमाले समाजवादी भनेर फेरि अर्को पार्टी सुरुवात गर्नुभएको छ । यसले के देखाउँछ भने फेरि नयाँ समाजवादको मोडल खोज्नतिर देश गइरहेको छ । त्यो अबको आवश्यकता हो,” भट्टराईले भने ।

उनले त्यसका लागि युवा पुस्तालाई नयाँ बाटो देखाइदिनुपर्ने पनि बताएका छन । त्यसो गर्न सकिए नेपालले विश्वलाई नयाँ विचार दिन सक्ने भट्टराईको भनाइ छ ।

“हामी ७० आसपासकाले धेरै गर्न त नसकौँला तर युवा पुस्ता आएको छ । त्यसलाई नयाँ बाटो देखाइदिने आँट गर्ने हो भने नेपालले फेरि एकचोटी विश्वलाई नयाँ विचार र ज्ञान दिन सक्छ,” भट्टराईले भने ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार