Tuesday, November 30, 2021
spot_img

प्रचण्ड, माधव र बाबुरामले आज एकै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं, ३ भदौ । तीन पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीहरुले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् । तीन पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रस्तावित नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एउटै मञ्चबाट सम्बोधन गर्न लागेका हुन् ।

नेकपा एमाले विभाजन भएको भोलिपल्ट बिहीबार यी तीन नेता समाजवादी केन्द्र, नेपालले आयोजना गरेको ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ बारेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

यी तीन र अन्य साना वाम दलहरु मिलेर समाजवादी केन्द्र निर्माणको चर्चा चलिरहेका बेला वामपन्थी नेताहरु एकै कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

कार्यक्रम बिहान साढे ११ बजेपछि नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा सुरु हुने आयोजकहरुको भनाइ छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार