Thursday, October 28, 2021
spot_img

पहिरोमा पुरिएर एक जनाको मृत्यु

काठमाडौं, ३ भदौ । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरोमा परेर एक जनाको निधन भएको छ। गए राति झरेको पहिरोमा परेर स्थानीय ४३ वर्षीय विष्णुप्रसाद लामिछानेको मृत्यु भएको हो।

घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले बताए।उनकाअनुसार गए राति २ः३० बजे घरको करेसामा पहिरो पन्छाउने क्रममा खसेको पहिरोमा परेर लामिछानेको मृत्यु भएको हो।

उनको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ। पहिराले घरसमेत जोखिममा परेको छ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार