Tuesday, November 30, 2021
spot_img

फेरी बढ्यो संक्रमित संगै मृतकको संख्या

काठमाडौं, २ भदौ । पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २ हजार ६१३ जना र ४ हजार ९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १०४ जना संक्रमणमुक्त भएका छन् भने ४२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका छन् । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार