Monday, September 20, 2021
spot_img

सांसद शाही र वलीलाई पदमुक्त गर्न एमालेको सभामुखलाई पत्र

बुटवल, १ भदौ । नेकपा एमालेले लुम्बिनी प्रदेश सभाका सांसद अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको छ ।
शाही चार दलीय गठवन्धनको सरकारमा विना विभागी मन्त्री बनेका छन् ।

सुर्य चिन्ह लिएर निर्वाचित नवलपरासीका शाही र तत्कालीन नेकपाबाट निर्वाचित दाङकी विमला वलीले पार्टी र संसदीय दलको विधान विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न एमालेले प्रदेशसभामा पत्र बुझाएको हो ।

एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले पार्टीको सर्वसम्मत निर्णयलाई सभामुखले कार्यान्वयन गर्ने विश्वास पार्टीले लिएको बताएका छन । प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले एमालेको पत्रबारे विस्तृक अध्ययन र कानुनी परामर्श गरेर मात्र निर्णय लिइने र यसका लागि समय लाग्ने बताएका छन ।

नेकपा विभाजनपछि गत बैसाख १९ गते माओवादी केन्द्र रोजेकी विमला एमाले नेता उत्तर कुमार वलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित भएकी थिइन् ।

वलीलाई पार्टीमा ल्याउन एमालेले निकै कसरत गरेपनि सफल भएको थिएन । वलीलाई साउन १५ देखि २० गतेसम्म मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाएर राखेको आरोप समेत लागेको थियो ।

शाहीले आफूलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको ह्वीप नलाग्ने दाबी गर्दै आएका छन् । लुम्बिनी प्रदेशको प्रदेश सभाको नवौं अधिवेशन आजदेखि शुरु हुँदैछ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार