Tuesday, November 30, 2021
spot_img

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं, १ भदौ । सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याउन लागेको अध्यादेशको विरोध गर्ने भएको छ।

मंगलबार ललितपुरको च्यासलमा बसेको एमाले स्थायी कमिटी बैठकले सरकारले हठात् संसद अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै विरोध गर्ने निर्णय गरिएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन।

‘सरकारले अध्यादेश ल्याउन लागेको छ। यो एकदम गलत छ। संविधान विरूद्धको खेल छ। यसले अरू राजनीतिक दल फुटाएर अस्थितरता निम्तने खेल हो। संसद अधिवेशन हठात् अन्त्य गर्नुमा चै आफूले संसदप्रति गरेका प्रतिवद्धताका विरूद्धमा छ। यो गलत काम भयो,’ उनले भने।

उनले २० प्रतिशत भएमा पार्टी विभाजन गर्न मिल्ने गरि सरकारले अध्यादेश ल्याइसकेको जानकारी दिएका छन। ‘मलाई प्राप्त सूचना अनुसार आज बसेको मन्त्रिपरिषद बैठकले २० प्रतिशत भए पार्टी फुटाउन मिल्ने गरि अध्यादेश ल्याइसक्यो। मैले जानकारी पाए अनुसार मन्त्रिपरिषदले निर्णय गरिसक्यो,’ उनले भने।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार