Tuesday, September 28, 2021
spot_img

अफगानिस्तानबाट स्वदेश फर्किए १ सय ६४ नेपाली

काठमाडौं । २० वर्षपछि पुनः तालिवानकै कब्जामा आएको अफगानिस्तानबाट पछिल्ला १० दिनमा एक सय ६४ नेपाली स्वदेश फर्किएका छन् ।

तालिवानले एकपछि अर्को प्रान्तीय राजधानी कब्जा गर्न थालेसँगैं नेपाली कामदारले अफगानिस्तान छाड्न थालेका थिए ।

अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलका अध्यागमन प्रमुख सुशील वैद्यले १० दिनको अवधिमा एक सय ६४ नेपालीसँगैं दुई अफगानी नागरिक पनि नेपाल आएको रेकर्डमा देखाएको बताए ।

आइतबार राजधानी काबुल पनि तालिवानले पूर्णरुपमा नियन्त्रणमा लिएसँगैं थप नेपाली कामदारको उद्धार सुरु भएको छ ।

काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत तीन सय ८५ नेपालीलाई अमेरिकी सेनाको विशेष जहाजले सोमबार कतारको राजधानी दोहा पुर्याएको छ ।

आइतबार ५० जना दोहा पुर्याएकोमा सोमबार अपरान्ह तीन सय ३५ जनालाई उद्धार गरिएको छ । उनीहरुमध्ये केही मंगलबार स्वदेश आइपुग्नेछन् । समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार