Tuesday, September 28, 2021
spot_img

हैटीमा भूकम्पः ३०४ को मृत्यु

एजेन्सी । हैटीमा शनिबार गएको ७ दशमलव २ म्याग्नेट्युडको भूकम्पका कारण कम्तिमा ३ सय ४ जना व्यक्तिको मृत्यु भएको छ । बीबीसीका अनुसार यस घटनामा १ हजार ८ सयभन्दा धेरैजना घाइते छन् ।

शनिबार बिहान आएको भूकम्पले हैटीको पश्चिमी क्षेत्रमा धेरै क्षति पुर्याएको छ । त्यहाँ भवन, होटल, चर्चलगायतका भौतिक संरचनाहरु भग्नावशेषमा परिणत भएका छन् ।

प्रधानमन्त्री एरियल हेन्रीले एक महिना लामो संकट घोषणा गरेका छन् । उनले यस भूकम्पका कारण ठूलो क्षति भएको बताए ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार सेन्ट लुईस डु सुद शहरबाट झन्डै १२ किलोमिटर पर भूकम्पको केन्द्रबिन्दु रहेको छ । यसअघि सन् २०१० मा पनि हैटीमा यस्तै प्रलयकारी भूकम्प गएको बिबिसीले जनाएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार