Tuesday, September 28, 2021
spot_img

शनिबार ह्वात्तै घट्यो कोरोना संक्रमित

काठमाडौं, ३० साउन । नेपालमा शनिबार थप २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ६ सय ६७ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय ४७ र ४ हजार ९ सय ६ एन्टीजेन परिक्षणका क्रममा ६७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५ हजार १९० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ । यो संगै नेपालमा १० हजार २ सय ५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा थप १ हजार ३ सय २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ८० हजार ८१५ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ३९ हजार ४०५ सक्रिय संक्रमित आइशोलेशन र ४११ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३७ लाख ४९ हजार ४८४ वटा पिसिआर र ३ लाख ९१ हजार ८३५ एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

शुक्रबार ३ हजार ९१५ जनामा संक्रमण देखिएकोमा आज घटेर २ हजार ६ सय २४ जनामा संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार