Thursday, October 28, 2021
spot_img

फेरी ह्वात्तै बढ्यो कोरोना संक्रमित

काठमाडौं, २९ साउन । पछिल्लो २४ घण्टामा थप ३ हजार ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७०८ पीसीआर परीक्षणमा २ हजार ७६३ र ६ हजार ८७४ एन्टिजेन परीक्षणमा १ हजार १५२ जना गरी ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । आज २ हजार ११८ जना संक्रमणमुक्त भएका छन । बिहिबार ३ हजार २६० जनामा संक्रमण देखिएकोमा आज बढेर ३ हजार ९१५ जनामा संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार