Wednesday, December 1, 2021
spot_img

शिक्षण अस्पतालमा मुसा, उडुस, उपियाँ र साङ्ला नियन्त्रण गर्न टेण्डर आह्वान

काठमाडौं, २९ साउन । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले मुसा, उडुस, उपियाँ साङ्ला आदि नियन्त्रणको लागि टेण्डर आह्वान गरेको छ । अस्पताल प्रशासनका अनुसार अस्पतालको विभिन्न विभागमा मुसा, उडुस, उपियाँ र साङ्ला आदि नियन्त्रण गर्नु परेकाले टेण्डर आह्वान गर्नुपरेको हो ।

अस्पतालका प्रशासन प्रमुख रामविक्रम अधिकारीले यो नियमित र पुरानो प्रक्रिया भएको बताएका छन । शिक्षण अस्पताल बाहेक अन्य अस्पतालमा पनि मुसा, उपियाँ साङ्ला नियन्त्रणको लागि टेण्डर आह्वान गरिन्छ ।

‘ठूलो अस्पतालमा अस्पतालको बेड, तन्ना, गाउन र मेडिकल उपकरण राख्नको लागि ठूलो स्टोर हुन्छ, स्टोरमा मुसा तथा साङ्लाहरुले डेरा जमाउँछन्’ उनले भने, ‘त्यसको नियन्त्रण गरिएन् भने अस्पतालको सेवा सुविधामा असर पर्न जान्छ ।’

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार