Tuesday, November 30, 2021
spot_img

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आज बिहान ११ बजेबाट केन्द्रीय समितिको बैठक शुरु हुने केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिएका छन।

यसअघि बिहीवार प्रस्तुत भएका समायोजन सम्बन्धी प्रतिवेदन र क्रियाशील छानबिन समितिको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्नो विचार राख्ने क्रम शुरु भएको छ। आजको बैठकमा पनि यही प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्नो विचार प्रस्तुत गर्नेछन्।

कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका संशोधनका लागि तय गरिएको बैठक अझै केही दिनसम्म लम्बिन सक्ने बताइएको छ। भदौ २३ गते भित्र महाधिवेशन प्रक्रिया शुरु नगरे संवैधानिक संकट आउने देखिएकाले यो केन्द्रीय समिति बैठकलाई स्पष्ट कार्यतालिका सार्वजनिक गर्नैपर्ने बाध्यता रहेको केन्द्रीय सदस्य पौडेलले बताएका छन।

‘२३ गतेभित्र अनिवार्य शुरु गर्नुपर्छ महाधिवेशन प्रक्रिया। फेहरिस्त कार्यतालिका आउनै पर्छ। नआए संवैधानिक संकट आउन सक्छ। हामीलाई समयले पेल्दै आएको छ,’ पौडेलले भने।

यस विषयमा हुने छलफल लम्बिएर शनिवारसम्म पुग्न सक्ने पौडेलले बताएका छन। केन्द्रीय समितिले १४औँ महाधिवेशनबारे विशेष निष्कर्ष निकाल्ने उनले विश्वास ब्यक्त गरेका छन ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार