Thursday, October 28, 2021
spot_img

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

काठमाडौं, २८ साउन । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

पहिलो मुख्यमन्त्रीको रूपमा २०७४ फागुन ३ गते नियुक्त भएका शंकर पोखरेलले राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा बिहीबार दोस्रो मुख्यमन्त्रीको रूपमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भएका हुन्।

उनलाई प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गरेका हुन्। २४ घण्टाको लागि भन्दै बुधबार प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेको मुख्यमन्त्रीको दाबी पेश गर्ने समयभित्र केसीले मात्र दाबी गरेपछि उनी मुख्यमन्त्री बनेका हुन्।

उनको आजै सपथ गराउने तयारी भएको छ। गठबन्धनले मुख्यमन्त्रीको सपथपछि आज नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ।

कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँनले मुख्यमन्त्रीको नियुक्ति र सपथपछि तीन सदस्यीय मन्त्रिमण्डल बिहीबार नै गठन गर्ने बताएका छन।

मुख्यमन्त्रीसँगै नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबाट एक/ एक जना मन्त्री आज नै चयन हुने उनले बताएका छन।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार