Tuesday, September 28, 2021
spot_img

कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी

काठमाडौं, २८ साउन । लुम्बिनी प्रदेशमा बिहीबार दोस्रो मुख्यमन्त्रीको रूपमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त हुँदैछन्।

२४ घण्टाको लागि भन्दै बुधबार प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेको मुख्यमन्त्रीको दाबी पेश गर्ने समयभित्र केसीले मात्र दाबी गरेपछि उनी मुख्यमन्त्री बन्ने पक्का भएको छ।

संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा माग दाबी गरेका केसीलाई माओवादी केन्द्र, नेपाली कांग्रेस, जनमोर्चा, जनता समाजवादीको समर्थन छ।

सोही अनुसार उनलाई गठबन्धनका ४१ र सूर्य चिन्ह लिएर निर्वाचित हृदयेश त्रिपाठी समूहका अजय शाही गरी ४२ जना सांसदले हस्ताक्षर गरी मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन्।

केसीलाई प्रदेश प्रमुख शेरचनले अहिले ४ बजे मुख्यमन्त्रीमा नियुक्ति गर्ने र सपथ गराउने तयारी गरेका छन्। गठबन्धनले मुख्यमन्त्रीको सपथपछि आज नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार