Tuesday, November 30, 2021
spot_img

युइएफए सुपर कपको उपाधि चेल्सीले जित्यो

काठमाडौं । इंगलिस क्लब चेल्सीले युइएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार बिहान सम्पन्न खेलमा स्पानिस क्लब भियारियललाई पेनाल्टी सुटआउटमा ६-५ ले पराजित गर्दै लण्डन क्लब चेल्सी च्याम्पियन बनेको हो ।

विन्डोरस पार्कमा भएको खेलको निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

२७ औं मिनेटमा हाकिम जियाचको गोलबाट चेल्सीले अग्रता लिएको थियो भने ७३ औं मिनेटमा जेरार्ड मोरेनोले भियारियालका लागि बराबरी गोल फर्काए ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका केपा अरिजाबालागाले भियारियालका कप्तान राउल अल्बिओलको अन्तिम प्रहार रोक्दै चेल्सीलाई जित दिलाए । त्यसअघि उनले अईसा मान्डीको प्रहार रोकेका थिए ।

चेल्सीका काई हाभार्टको पहिलो पेनाल्टी नै भियारियलका गोलकिपर सर्जियो असेन्जोले बचाएका थिए । तर त्यसपछि चेल्सीका सबैले गोल गरे ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार