Monday, September 20, 2021
spot_img

कोरोना संक्रमित संगै मृतकको संख्या बढ्ने क्रम जारी

काठमाडौं, २७ साउन । पछिल्लो २४ घण्टामा थप ३ हजार ४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २ हजार ६१६ र ५ हजार ७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये काठमाडौं उपत्यकामा ९६४ संक्रमित भेटिएका छन् ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । मंगलबार ४ हजार ९०४ जनामा संक्रमण देखिएकोमा आज घटेर ३ हजार ४८७ मा संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार