Wednesday, December 1, 2021
spot_img

कुलमान घिसिङले गरे प्राधिकरणमा पदभार ग्रहण

काठमाडौं, २७ साउन । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङले आज पदभार ग्रहण गरेका छन् ।

बुधबार दिउँसो नेपाल विद्युत् प्राधिकरणमा घिसिङले पदबहाली गरेका हुन् । बुधबार नै नियुक्ति पत्र बुझेलगत्तै घिसिङ विद्युत प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालय पुगेका थिए ।

उनलाई विद्युत् प्राधिकरणकाका कर्मचारीले स्वागत गरेका थिए । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

घिसिङ झन्डै ११ महिनापछि विद्युत् प्राधिकरणमा फर्किएका हुन् । घिसिङले यसअघि चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए। घिसिङको कार्यकाल २८ भदौ २०७७ मा सकिएको थियो ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार