Monday, September 20, 2021
spot_img

लुम्बिनीको विशेष अधिवेशन विरूद्धको रिट भट्टराईको इजलासमा

काठमाडौं, २७ साउन । लुम्बिनी प्रदेशको विशेष अधिवेशन विरूद्ध सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा परेको छ ।

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सो रिट मंगलबार ‘हेर्न नभ्याइने’मा राखिएको थियो । बुधबार सो रिट आठौं नम्बरमा राखिएको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न बुधबार दिउँसो एक बजे लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठक बस्दै छ ।

अल्पमतमा परेका मुख्यमन्त्री पोखरेलले विशेष अधिवेशन अघि नै राजीनामा दिने तयारी गरेको चर्चाका बीच बुधबार बिहान बसेको एमाले संसदीय दलको बैठकले अदालतको फैसला अनुसार अघि बढ्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार