Wednesday, December 1, 2021
spot_img

राजीनामा दिने मुख्यमन्त्री पोखरेलको तयारी

काठमाडौं, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिन लागेको स्रोतको भनाइ छ ।

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आज दिउँसो १ बजे बस्दै छ । मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता गराइएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न अधिवेशन बोलाइएको हो ।

अविश्वास प्रस्तावमाथि छलफल रोक्न माग गर्दै नेकपा एमालेका सांसद्ले दिएको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ नभएपछि छलफल हुने भएको हो । अविश्वासको प्रस्ताव टेबुल भएपछि आज नै यसको छिनोफानो हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रोपटक अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार