Tuesday, September 28, 2021
spot_img

सरकारी कोष एक खर्ब ४३ अर्बले घाटामा

काठमाडौं, २६ साउन । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा श्वेतपत्र पेश गरेका छन्। र्थमन्त्री शर्माले देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी दिएका छन् । संसदमा आर्थिक स्वेतपत्र जारी गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक स्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७मा २ खर्ब १६मा पुगेको स्मरण गराएका छन् ।

‘आर्थिक वर्ष २०७७/७८सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटा पूर्तिमा लगाउने हो भने पनि एक खर्ब ४३ अर्बले सञ्चित कोष घाटाम रहेको देखिएको छ,’ उनले स्वेतपत्रमा भनेका छन् ।

उनले स्रोतसँग मेल नखानेगरी प्रचारात्मक ढंगले बजेटको आधार वृद्धि हुँदै आएको बताएका छन् ।

आर्थिक वर्ष अन्तिममा खर्च गर्ने प्रवृत्तिले वित्तीय अनुसास थिथोलिएको शर्माले स्वेतपत्रमा उल्लेख गरेका छन् । यसअघिको सरकारले बजेटभन्दा बाहिर गएर सठडककमा लागि ३ खर्ब र रेलमार्गका लागि ५७ अर्ब बजेटको स्रोत सुनिश्चित गरेको स्वेतपत्रमा उल्लेख गरेका छन् ।

बजेट परिचालनमा अनुशासन नहुँदा बजेट योजना र वित्तीय उत्तरदायित्वमा विचलन आएको शर्माले बताएका छन् ।

हाल संकलन हुने राजश्वले सरकारको चालु खर्च समेत धान्ने अवस्था नरहेको उनले बताएका छन। वैदेशिक सहायता परिचालन गर्दा गहन रुपमा परियोजनाको अध्ययन गर्नुपर्ने भए पनि व्यवहारिक रुपमा त्यस्तो अवस्था नदेखिएको उनले बताएका छन।

अनुचित क्षेत्रमा समेत वैदेशिक सहायता परिचालन हुने गरेको उनले बताएका छन। गत आर्थिक वर्षसम्म सरकारले तिर्न बाँकी रहेको आन्तरिक तथा वाह्य ऋण १७ खर्बभन्दा बढी रहेको उनले बताएका छन।

सरकारको ऋण बढे पनि आर्थिक वृद्धिमा प्रतिविम्व हुन नसकेको उनले औंल्याए। जेठ मसान्तसम्म कृषि, उर्जा लगायत प्राथमिकताप्राप्त क्षेत्रमा २७.९ प्रतिशत कर्जा प्रवाह भएको उनले बताएका छन।

बैंक तथा वित्तीय संस्था शहरकेन्द्रित हुँदा सिमान्तकृत वर्ग यसबाट लाभान्वित हुन नसकेको अवस्था रहेको उनले बताएका छन। हाल संचालनमा रहेकामध्ये २४ वटा सार्वजनिक संस्थानहरु नाफामा गए पनि १८ वटा घाटामा रहेको उनले बताएका छन।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार