Monday, September 20, 2021
spot_img

एकताको च्याप्टर क्लोज, अब देशव्यापी समानान्तर गतिविधिलाई तीव्रता दिन्छौं: माधव नेपाल

काठमाडौं, २६ साउन । नेकपा एमालेले एकलौटी रूपमा अध्यक्षलाई झन् शक्तिशाली बनाउने गरी विधान संशोधनको प्रस्ताव राखेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन्।

पार्टीभित्र देखिएका विवाद मिलाउन पहल भइरहेका बेला अध्यक्ष ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक गरी विधान संशोधन प्रस्ताव अगाडि बढाएपछि नेता नेपालसहित उनी पक्ष असन्तुष्ट छ।

एमालेले सोमबार तुलसीलाल स्मृति भवनमा केन्द्रीय कमिटी बैठक गरेर अध्यक्ष र केन्द्रीय सदस्य निर्वाचित र अरू मनोनित गर्ने गरी विधान संशोधन प्रस्ताव अगाडि बढाउने निर्णय गरेको थियो।

यसपछि नेता नेपालले आफूनिकटका नेताहरूसँग अब पार्टी एकताको च्याप्टर क्लोज भएको प्रतिक्रिया दिएका छन्। ‘ओलीले सोमबार गरेको एकलौटी निर्णयले एकताको च्याप्टर क्लोज भएको छ। देशव्यापी रूपमा समानान्तर गतिविधिलाई अब तीव्रता दिनुपर्छ,’ नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘हिजोको निर्णयले पार्टी एकतामा बाधा पुर्‍याएको छ।’

एमालेले विधान संशोधन प्रस्तावलाई अब भदौ २७ र २८ मा हुने विधान अधिवेशनमा पेश गर्ने भएको छ। यो विधान पारित भए दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, सात केन्द्रीय सचिव केन्द्रीय समितिले नै चयन गर्छ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विगतको अनुभवले अध्यक्षलाई काम गर्न अप्ठ्यारो महसुस भएकाले अध्यक्षमात्र निर्वाचित हुने परिकल्पना गरिएको बताएका छन।

‘पदाधिकारी पनि निर्वाचित भएर आउने, अध्यक्ष पनि निर्वाचित भएर आउने भएकोले त्यसले क्षेत्राधिकार बाँडफाँटमा अप्ठ्यारो पर्‍यो’, सोमबार केन्द्रीय कमिटी बैठकपछि पत्रकारसँग ज्ञवालीले भने, ‘त्यही भएर हामीले अध्यक्षको प्रस्ताव गरेका हौं।’

एमालेमा २०६५ सालदेखि बहुपदीय प्रणाली लागू भएको थियो। २०६५ मा भएको आठौं महाधिवेशनबाट अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव र तीन सचिव निर्वाचित भएका थिए।

त्यसपछि नवौं महाधिवेशनबाट अध्यक्ष, पाँच जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिव निर्वाचित भएका थिए। निवर्तमान अध्यक्ष स्वतस् वरिष्ठ नेता र वरिष्ठ नेता पदाधिकारी हुने विधानमा प्रावधान थियो।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार