Monday, September 20, 2021
spot_img

मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु

काठमाडौं, २६ साउन । मोटरसाइकलको ठक्करपछि गम्भीर घाइते भएका प्रहरी निरीक्षकको मृत्यु भएको छ। नवलपरासीको बर्दघाटमा सोमबार बेलुकी मोटरसाइकलले ठक्कर दिएपछि प्रहरी निरीक्षक कपिल वाग्ले गम्भीर घाइते भएका थिए। हिनिरहेका बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो।

वाग्ले काठमाडौं बसुन्धाराका हुन्। उनी इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत थिए।

वाग्लेलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले सोमबार बेलुकी ८ बजेतिर ठक्कर दिएको नवलपरासी प्रहरीले जनाएको छ।

वाग्लेको उपचारको क्रममा सोमबार राति ११ बजे भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो। मोटरसाइकल चालक सुनवल नगरपालिका वडा नम्बर १ का दीपेन्द्र पुन मगर पनि गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार