Monday, September 20, 2021
spot_img

आइतबार भन्दा सोमबार कोरोना संक्रमितको संख्या बढ्यो

काठमाडौं, २५ साउन । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ६५१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार ४५५ आरटी पिसिआर र ६ हजार १४९ एन्टिजेन गरी कुल १६ हजार ६९४ जनामा परीक्षण गरिएकोमा ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

संक्रमितहरूमध्ये ३२ हजार ९०७ जना होम आइसोलेसनमा, ३ हजार ३८१ संस्थागत आइसोलेसनमा र ४४१ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७४१ जना र भेन्टिलेटरमा १८६ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार सोमबार देशभरबाट १ हजार ७८४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ७१ हजार ८३ पुगेको छ । निको हुने दर ९३.५ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २२ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार