Tuesday, November 30, 2021
spot_img

एमालेमा अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी मनोनित

काठमाडौं, २५ साउन । नेकपा (एमाले)को स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ । आज तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो ।

पार्टीले उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल गठन गरेको थियो । पारित गरिएको प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेको कार्यालय सचिव शेरबहादुर तामाङ्ले जानकारी दिएका छन ।

संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइ पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।

अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था संशोधित विधानमा प्रस्ताव गरिएको कार्यालय सचिव तामाङ्को भनाई छ ।

यस्तै केन्द्रीय कमिटी सदस्यको सङ्ख्या पनि बढाउने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी २२५ जनाको राख्ने व्यवस्था संशोधित विधानमा गरिएको छ । पार्टीमा उपाध्यक्षको सङ्ख्या घटाउने र सचिवको सङ्ख्या बढाउने पारित विधानमा उल्लेख छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार