Wednesday, December 1, 2021
spot_img

काठमाडौं उपत्यकामा फेरी निषेधाज्ञा कडाइ गर्ने तयारी

काठमाडौं, २५ साउन । कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा फेरी निषेधाज्ञा कडा पार्ने कि भन्ने विषयमा छलफल सुरु गरिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले साउन २७ पछि निषेधाज्ञा थप गर्ने र त्यसपछिको निषेधाज्ञा अलि कडा पार्ने कि भन्ने विषयमा अनौपचारिक छलफल भइरहेको जानकारी दिएका छन ।

“यस विषयमा हामी (तीन जिल्लाका सिडिओ) भोलि छलफलमा बस्छौँ,’ प्रजिअ पराजुलीले भने, ‘संक्रमण बढेकाले केही क्षेत्र सीमित गर्ने कि भन्ने सोचिरहेका छौँ ।’ यसअघि घोषित निषेधाज्ञाको अवधि यही साउन २७ गते मध्यराति सकिँदै छ।

कुन कुन क्षेत्रमा कडाइ गर्ने भन्ने विषयमा चाहिँ अहिल्यै केही तय भइनसकेको र भोलि छलफलपछि मात्रै भन्न सकिने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताएका छन ।

केहि दिन यता संक्रमित संगै मृतकको संख्या पनि बढ्न थाले पछि निषेधाज्ञा कडा पार्ने की ? भन्नेमा बहस सुरु भएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार