Tuesday, September 28, 2021
spot_img

जसपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, २५ साउन । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले भदौ १ र २ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

काठमाडौंमा बस्नेगरी बोलाइएको बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार, कार्यविभाजनलगायत विषयमा छलफल हुने जसपा नेता नवराज सुवेदीले बताएका छन ।

यसअघि पार्टी एकीकरण भई जसपा बनेपछि हालसम्म केन्द्रीय समिति बैठक बस्न सकेको थिएन । निर्वाचन आयोगले आफूलाई पार्टीको आधिकारिकता दिएसँगै अध्यक्ष यादवले बैठक बोलाएका हुन् । जसपाको केन्द्रीय समितिमा ८०१ सदस्य छन् ।

कुल केन्द्रीय सदस्यमध्ये ५ सयभन्दा बढी आफ्नो पक्षमा रहेको दाबी यादव पक्षको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार