Tuesday, November 30, 2021
spot_img

७७ नम्बरको जर्सी तत्काल प्रयोग नगर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पूर्व कप्तान पारस खड्काको सम्मानमा राष्ट्रिय क्रिकेट टिमको ७७ नम्बरको जर्सी तत्काल प्रयोग नगर्ने भएको छ ।

७७ पूर्व कप्तान पारस खड्काले प्रयोग गर्दै आएको जर्सी नम्बर हो । उनको सम्मानमा यो जर्सी तत्काल प्रयोग नगर्ने निर्णय गरेको सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिएका छन । पूर्व कप्तान पारसले केहि दिन अघि मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार