Monday, September 20, 2021
spot_img

अफगानिस्तान युद्धः निमरोज प्रांतको राजधानी जरंजमा कब्जा

एजेन्सी। तालिबानले अफगानिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा रहेको निमरोज प्रांतको राजधानी जरंजमा कब्जा गरेको छ । शुक्रबार तालिबानले सो राजधानी कब्जामा लिएको बीबीसीले स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै जनाएको छ।

निमरोज प्रांतको राजधानी जरंज कब्जापछि तालिबान लडाकुहरुको मनोबल बढाएको विश्वास गरिएको छ। अफगानिस्तानबाट अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सेना फर्किएसँगै तालिबानले आक्रमणलाई तिब्रता दिंदै आएको छ।

तालिबान लडाकुले अफगानिस्तानका कैयौं सीमावर्ती क्षेत्रहरुलाई यसअघि नै कब्जामा लिइसकेको छ। प्रान्तीय राजधानी कब्जामा लिएको यो पहिलो घटना हो। २० वर्षपछि तालिबानले कुनै प्रान्तीय राजधानी कब्जामा लिएको यो पहिलो पटक हो।

सामाजिक सञ्जालहरुमा जरंजका सरकारी कार्यालयहरुमा स्थानीयहरुले लुटपाट गरेको भिडियोहरु सार्वजनिक भएका छन । एकजना तालिबानी कमाण्डरले जितको घोषणा गरेको बताइएको छ।

अफगान सरकारी अधिकारीहरुले भने सो प्रान्तीय राजधानी तालिबानको हातमा गएको पुष्टि नगरेको बिबिसीले जनाएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार