Monday, September 20, 2021
spot_img

मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रको बैठक पेरिसडाँडामा जारी

काठमाडौं, २२ साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठक पार्टी कार्यलय पेरिसडाँडामा जारी छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै मन्त्रिपरिषद विस्तारका बारेमा छलफल भइरहेको छ ।

सरकार सञ्चालन र साझा नीति तथा कार्यक्रमबारे पनि बैठकमा छलफल भइरहेको एक स्थायी समिति सदस्यले बताए । साझा नीति तथा कार्यक्रम बनेसँगै मन्त्रिपरिषद विस्तारका लागि आवश्यक तयारीका बारेमा पनि छलफल भएको छ ।

सम्भवतः आज नै माओवादी केन्द्रले मन्त्रिपरषदमा सहभागी हुने नामबारे टुंगो लगाउने तयारी छ । माओवादी केन्द्रबाट दुई जना सरकारमा सहभागी भएपनि अन्यको बारेमा भने टुंगो लाग्न सकेको छैन।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार