Tuesday, November 30, 2021
spot_img

घट्यो सुन–चाँदीको भाउ

काठमाडौं, २२ साउन । सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार रुपैयाँ निर्धारण भएको छ । यसअघि बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार रुपैयाँ कायम थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार