Tuesday, September 28, 2021
spot_img

ह्वात्तै बढ्यो कोरोना संक्रमित, मृतकको संख्या पनि बढ्यो

काठमाडौं, २० साउन । पछिल्लो २४ घण्टामा थप ४ हजार १०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ९७५ जना र ४ हजार ९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा १ हजार १३२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ भने १ हजार ५३५ जना संक्रमणमुक्त भएका छन् ।
मंगलबार ३ हजार ३ सय ८३ जनामा संक्रमण देखिएकोमा आज बढेर ४ हजार १०६ जनामा संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार