Tuesday, September 28, 2021
spot_img

सरकारले राजीनामा माग गरेको नभई वैकल्पिक व्यवस्थाबारे सोधिए हो : हितेन्द्रदेव शाक्य

काठमाडौं, २० साउन । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफ्नो राजीनामा माग गरेको नभई वैकल्पिक व्यवस्थाबारे सोधिएको स्पष्ट पारेका छन् । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको स्थानमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएको खबर प्रधानमन्त्रीको सचिवालयबाटै सार्वजनिक भएको थियो ।

त्यसको भोलिपल्ट पत्रकारहरुसँग कुरा गर्दै शाक्यले सरकारले आफ्नो राजीनामा नमागेको बरु वैकल्पिक कुन जिम्मेवारी दिन सकिन्छ भन्नेबारे कुरा गरेको बताएका छन् । ‘मेरो क्षमता, अनुसार अहिलेसम्मको दक्षता अनुसार मलाई जहाँ जिम्मेवार दिएपनि सरकारले खटाएको ठाउँमा काम गर्न कुनै गाह्रो छैन’ उनले भने । उनले आफु अपमानजनक तरिकाबाट नभई सम्मानजनक रुपमा अहिलेको पदबाट बाहिरिन तयार रहेको संकेत समेत गरेका छन् ।

सरकारले जुन स्थानमा खटाए पनि आफु काम गर्न तयार रहेको भन्दै उनले महामारीको बीचमा प्राधिकरणमा बसेर आफुले उल्लेख्य काम गरेको बताएका छन । राजिनामा नदिएर तपार्इ अदालती प्रक्रियामा जाने हो ? भन्ने पत्रकारको प्रश्नमा भने उनले विकल्प दिएर खटाएमा अदालत जानु पर्ने कुनै कारण नहुने बताएका छन । ‘अन्याय भयो भने अदालत जाने हो, उनले भने नत्र किन अदालतमा जानु ?’

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार