Tuesday, September 28, 2021
spot_img

दार्चुला घटनामा भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ : माओवादी केन्द्र

काठमाडौं, २० साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला घटनाको विषयमा भारतले नेपाली जनतासँग क्षमायाचना गर्न पर्ने बताएका छन् । उनले आज राष्ट्रियसभामा बोल्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिलेसम्म आएको तथ्यहरुको आधारमा तुइन तर्ने क्रममा जयसिंह धामी महाकाली नदीमा खस्नुको कारण भारतीय सीमा सुरक्षा बलका व्यक्तिहरु दोषी देखिएको छ । भारतले नेपाली जनतासँग माफी माग्नु पर्छ ।’ उनले दोषीउपर कारबाही गर्न पनि माग गरेका छन् ।

श्रेष्ठले यो विषयमा नेपाल सरकारले तत्काल पहलकदमी लिएर भारतसँग जबाफ माग्ने काम गर्नुपर्ने पनि बताएका छन् । उनले नेपालले भारतसँग सधैँ सौहार्दपूर्ण व्यवहार गर्ने पनि बताए । उनले यो विषयमा भारतले नेपालको आन्तरिक राजनीतिकको किचलोको फाइदा लिन खोजेको हो भने त्यो नसोच्न पनि भारतलाई सजग गराएका छन् ।

उनले भने, ‘नेपालको आन्तरिक राजनीतिको कारण यो घटना लुकाउन खोजे नेपालीहरु राष्ट्रियताको विषयमा सधैँ एक हुन्छ । यो घटनामा पनि हामी सबै राजनीतिक दलहरु राष्ट्रियताको विषयमा एक हुन्छौं ।’

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार