Sunday, September 19, 2021
spot_img

पाँच जना सचिव कामविहीन अवस्थामा,हाजिर गर्दै फर्कंदै

काठमाडौं, २० साउन । सरकारले पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको छ । नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने र प्रशासनिक नेतृत्वमा रहने सचिवलाई सरकारले लामो समयदेखि कामविहीन अवस्थामा राखेको हो ।

सरकारले बढुवा भएका सचिवहरूलाई समयमा नै पदस्थापन गर्न नसक्दा चार जना सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेर हाजिर गरिरहेका छन् । मंगलबार पुनः एक जना सचिवमा बढुवा भएपछि अतिरिक्त समूहमा रहने सचिवको संख्या पाँच पुगेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका सचिवमा कृष्णहरि पुष्कर, खगेन्द्र नेपाल, रामप्रसाद घिमिरे र किरणराज शर्मा रहेका छन् । मंगलबार सचिवमा बढुवा भएका हरि मैनालीलाई पनि हाललाई अतिरिक्त समूहमा नै राखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले आठ जना सचिव छन् । जबकि, सो कार्यालयको सचिवको दरबन्दी संख्या नै चार मात्र हो ।

सरकारले आफूनिकट बाहेकका अन्यलाई तान्नुपर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै अतिरिक्त समूहमा राख्ने परम्परा रहँदै आएको छ । त्यहाँ रहेका प्रायः सचिवले आफूलाई अपहेलित महसुस गर्छन् । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार