Tuesday, September 28, 2021
spot_img

सानिमा लाइफ इन्सुरेन्सको आइपीओ बिक्री खुला

काठमाडौं, २० साउन । सानिमा लाइफ इन्सुरेन्सले आज देखि आइपीओ बिक्री खुला गरेको छ । प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये कर्मचारीलाई ३ लाख (५%) कित्ता सेयर र म्युचुअल फन्डलाई पनि ५% ले हुने ३ लाख कित्ता नै सेयर छुट्याएको छ । बाँकी ५४ लाख कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने भदौ २ गतेसम्म खुला हुनेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार