Sunday, September 19, 2021
spot_img

फेरी बढ्यो कोरोना संक्रमित

काठमाडौं, १८ साउन । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार ६१३ नमुनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ एन्टिजेन परीक्षण गर्दा ८४६ जना गरी ३ हजार १२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने १ हजार ९२५ जना निको भएका छन् ।

आइतबार २ हजार ५६८ जनामा संक्रमण देखिएकोमा आज बढेर ३ हजार १२५ जनामा संक्रमण देखिएका छन ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार