Thursday, October 28, 2021
spot_img

तीन सचिवको सरुवा, अर्थमा मरासिनी

काठमाडौं, १७ साउन । सरकारले तीन सचिवको सरुवा गरेको छ । गत १२ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

अर्थ सचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई दिइएको छ । मरासिनी यसअघि महालेखा नियन्त्रक कार्यालयमा थिए ।

मरासिनी अर्थ मन्त्रालयका क्याडर हुन् । उनी वैदेशिक सहायता सम्बन्धी विज्ञ समेत हुन् । सचिव बढुवा हुनुअघि मरासिनी लुम्बिनीमा थिए । उनी लुम्बिनी प्रदेश सरकारको प्रमुख सचिव पनि थिए ।

अर्थसचिव शिशिर कुमार ढुंगानालाई प्रधामन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ । यस्तै, स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार