Monday, September 20, 2021
spot_img

सांसद विमला वली माओवादी केन्द्रको सम्पर्क बाहिर

काठमाडौं, १६ साउन । लुम्बिनी प्रदेशसभा सदस्य बिमला वली सम्पर्कविहीन भएकी छन् । उनी शुक्रबार बिहानदेखि पार्टीको सम्पर्कमा नरहेको नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलाराम घर्तीले जानकारी दिएका छन ।

वली गत वैशाखमा नेकपा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् । उपनिर्वाचनमा दाङबाट उनी प्रदेशसभाका लागि निर्वाचित भएकी थिइन् ।

मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद् वलीलाई एमालेले प्रलोभनमा पारेको हुनसक्ने माओवादी नेताहरुको आशंका छ । लुम्बिनी प्रदेशमा पोखरेल नेतृत्वको सरकार अहिले अल्पमतमा छ ।

जनता समाजवादी पार्टीबाट पोखरेल नेतृत्वको सरकारमा सहभागी ३ सांसद्को पद गुमेपछि पोखरेलसँग ३८ मत मात्रै छ । विपक्षी गठबन्धनसँग ४१ मत छ । अल्पमतमा परेपछि पोखरेलले सांसद्हरुलाई पद र आर्थिक लोभ देखाएर आफ्नो सत्ता टिकाउने प्रयास गर्दै आएको आरोप छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार